१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीकाे बडिगाड खोलामा ८५ वर्षीया वृद्धाकाे शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १o:o९:oo

गुल्मीको मुसिकोट नगरपालिका- १ की ८५ वर्षीया ढकलकुमारी घिमिरे बडिगाड खोलामा मृत फेला परेकी छिन् । उनी भदौ ११ गते बिहान  ७ बजेबाट परिवारको सम्पर्कमा थिइनन् ।

बिहीबार दिउँसो मुसिकोट नगरपालिका- ४ को दिगामचौरस्थित बडिगाड खोलाकिनारमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

मृतकका छोरा तुल्सीराम घिमिरे र बुहारी मधु घिमिरेले शवको सनाखत गरेका छन् । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।