Skip This
एसियाली ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १o:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाली ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १o:२६:oo

नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिपको फाइनलमा स्वर्ण जितेकी छिन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारेकी हुन् । नेपालकी रशिला तामाङले कांस्य हात पारेकी छिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । 

यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौँ, पदमकुमारी सुनुवार आठौँ र आङफुर्वा शेर्पा २२औँ स्थानमा रहेका थिए । प्रतियोगितामा ३५ खेलाडी सहभागी थिए । पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राई दशौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।

लोकेन्द्र राई १४औँ, फुर्पासिंह तामाङ २२औँ र मिलन राईले २७औँ स्थानमा दौड टुंग्याएका छन् । नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडी अब्बल रहेको बताएका छन् । नेपाल टोली १ असोजमा स्वदेश फर्कनेछ ।