Skip This
बारामा मध्यरातमा बस दुर्घटना : एकको मृत्यु, आठजना गम्भीर घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १o:o६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बारामा मध्यरातमा बस दुर्घटना : एकको मृत्यु, आठजना गम्भीर घाइते

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १o:o६:oo

विराटनगरबाट दाङ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित ४३ जना सवार ना.८ख ११६४ नम्बरको बस मध्यरातमा निजगढ नगरपालिका– ८ उनासी पुलमा दुर्घटना हुँदा दाङ देउखुरी गटवा गाउँपालिका– ५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते बनेका यादवको बयाेधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले बताए ।

घाइतेमध्ये चालकसहित ६ जनालाई थप उपचारका लागि बयाेधा अस्पताल वीरगन्ज पठाइएको छ भने अन्यकाे निजगढस्थित सामुदायिक प्रसूतिगृह अस्पताल र सिटी अस्पतालमा  उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते १५ जनाकाे अवस्था मध्यम रहेको छ भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  
 
दुर्घटनामा घाइते हुनेहरूमा बसचालक सल्यान शारदा नगरपालिका– ३ का ४० वर्षीय भोलाबहादुर भण्डारी, सहचालक दाङ तुल्सीपुर नगरपालिका– ५ का ३५ वर्षीय कृष्णबहादुर बुढाथोकी, प्युठान सरुमाइरानी गाउँपालिका– ३ का ४६ वर्षीय इमाराम सुनार, सोही स्थानका ४२ वर्षीय सीताराम सुनार, सुर्खेत भेरीगंगा नगरपालिका– ११ का २५ वर्षीय सोनु विक, सल्यान बागचौर नगरपालिका– ४ की २६ वर्षीया तुलसा केसी, सुर्खेत सिंगठन नगरपालिका– २ का २२ वर्षीय कर्ण खड्का, अर्घाखाँची शीतगंगा नगरपालिका– ७ का २६ वर्षीय बुठाबहादुर राउत, सोही स्थानका २७ वर्षीय रोमबहादुर राउत, प्युठान बांगेसाल नगरपालिका– १ का ४७ वर्षीय भूपेन दमाईं, सरुमाईरानी गाउँपालिका– १ का १८ गणेश वादी, सोही स्थानका ३५ वर्षीय बलबहादुर दमाईं, दाङ राप्ति गाउँपालिका– ५ की २१ वर्षीया सपना भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका– १४ का २० वर्षीय सन्तोष विष्ट, प्युठान सरुमईरानी गाउँपालिका– ३ का २२ वर्षीय शंखर विक, सल्यान कालीमाटी गाउँपालिका– २ का २५ वर्षीय दलबहादुर बुढा, अर्घाखाँची शीतगंगा नगरपालिका– ९ का ४३ वर्षीय देवबहादुर थापा, दाङ घोराही नगरपालिका– १० की ४० वर्षीया लक्ष्मी अधिकारी, सल्यान कपुरकोट गाउँपालिका– ६ की ५५ वर्षीया टिकी पुनमगर, कालीमाटी गाउँपालिका– ३ का १९ वर्षीय प्रकाश सिँजाली, प्युठान सरुमाईरानी गाउँपालिका– १ का २६ वर्षीय बेदप्रसाद विक रहेका छन् ।

त्यस्तै, सल्यान शारदा गाउँपालिका– ५ का ५५ वर्षीय बलबहादुर मगर, दाङ देउखुरी गटवा गाउँपालिका– ५ का ४५ वर्षीय चेतन राय यादव, सल्यान कालीमाटी गाउँपालिका–२ का ६५ वर्षीय दलबहादुर विक, दाङ मटिअर्वा गाउँपालिका– ५ का ३५ वर्षीय दयाराम यादव, कपिलवस्तु शिवारा गाउँपालिका– ४ का ५५ वर्षीय समित पैठा, प्युठान सरुमाईरानी गाउँपालिका– १ का ५५ वर्षीय चन्द्र धामी, सिराहा बरियार गाउँपालिका– ५ का ५५ वर्षीय बलिराम यादव, सुनसरी इनर्वा गाउँपालिका– ३ की ३५ वर्षीया संगिता मगर, दाङ गदर्वा गाउँपालिका– ३ की ५५ वर्षीया बिरुन यादव, तुल्सीपुर उपमहानगरपालिका– १८ का ३० वर्षीय हीराबहादुर सुनार, प्युठान सरुमाईरानी गाउँपालिका–३ का ४५ वर्षीय तुल्सीराम साठिधारी, दाङ राजपुर गाउँपालिका २१ वर्षीय चितराम यादव, सोही स्थानका ६० वर्षीय मिथुजा पैठान, प्युठान हंसपुर नगरपालिका– ३ का ५९ वर्षीय गंगाराम विक, धनकुटा चौबिसकोटी गाउँपालिका– ५ की ३५ वर्षीया खेमकुमारी याखा, प्युठान सरुमाईरानी नगरपालिका– १ का ५४ वर्षीय टीकाराम विक, कपिलवस्तु शिवराज नगरपालिका– ४ का ३३ वर्षीय बब्लु अन्सारी, सोही स्थानका ३९ वर्षीय अकबर मुसलवान, सल्यान दार्मा गाउँपालिका– ५ का २२ वर्षीय जगतबहादुर खड्का, सुर्खेत सिमता गाउँपालिका– ८ का २२ वर्षीय खेमराज राना, भारत सिद्धानगर इमिलिया का ५० वर्षीय साहोलप्रसाद चौरसिया र भारत युपीका १४ वर्षीया हुल्सनकुमार चौरसिया रहेको प्रहरीले जनाएको छ । 

अगाडिको पट्टा भाँच्चिएर अनियन्त्रित हुँदा बस पुलबाट ८–१० मिटर तल खसेको भए पनि ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक कुशवाहले बताए।