Skip This
धनगढीमा नगरबस सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमा नगरबस सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार ११:o५:oo

धनगढी उपमहानगरपालिकामा नगरबस सेवा सुरु भएको छ । धनगढीसँग जोडिएको कैलारी गाउँपालिकाको हसुलियादेखि धनगढीको फूलबारी, धनगढी मुख्य बजार हुँदै गोदावरी नगरपालिकाको अत्तरियासँग जोड्ने गरी आइतबारबाट नगरबस सञ्चालनमा आएको हो । 

धनगढीका उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले आइतबार फूलबारी बसपार्कमा हरियो झन्डा देखाएर नगरबस सेवाको सुरु गरिन् । उपमहानगरका ६ वटा बस सञ्चालनका लागि के एन्ड के कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । बसहरू तोकिएको रुटमा बिहान ६ बजेदेखि बेलुकी सात बजेसम्म सञ्चालन हुने उपमहानगरले जनाएको छ । नगर प्रमुख गोपाल हमालले नगरबस सेवा सुरु भएसँगै धनगढीको ग्रामीण क्षेत्र फूलबारीबाट धनगढी बजार आउन त्यहाँका स्थानीयलाई सहज हुने बताए । उनले फूलबारी ग्रामीण क्षेत्र भएकाले त्यसलाई बजारसँग जोड्न सार्वजनिक यातायात सुरु गरिएको बताए । 

नगरबसको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ । नगरबस कहाँ पुग्यो भनेर मोबाइल एप्सबाट हेर्न सक्ने सुविधाका लागि बसमा जिपिएस जडान गरिएको छ । त्यस्तै, सुरक्षाका लागि सिसिक्यामरा पनि जडान गरिएको छ । वार्षिक २८ लाख रुपैयाँ नगरपालिकालाई तिर्ने गरी के एन्ड के कन्स्ट्रक्सनसँग सम्झौता गरिएको छ ।