Skip This
काठमाडौंमा बुल्गेरियाकी एन्ड्रिया अनुबन्धित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काठमाडौंमा बुल्गेरियाकी एन्ड्रिया अनुबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १o:३९:oo

काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रकै चर्चित नाम बुल्गेरियाकी एन्ड्रिया सभेतानोभालाई भित्र्याएको छ । बुल्गेरियाको राष्ट्रिय टोलीकी समेत चर्चित खेलाडी एन्ड्रियाले एनसिएए, एनजिसिए, मेका तथा एनआइभिसीजस्ता चर्चित लिग खेलेकी छिन् । सेटरमा निकै अनुभवी खेलाडी एन्ड्रिया रणनीतिक खेलका लागि राम्रो मानिन्छन् । 

बुल्गेरियाको शीर्ष स्तरका लिगको अनुभवप्राप्त खेलाडी एन्ड्रियाले सिएभी च्यान्पियन्स लिग तथा फिख क्लब विश्व च्याम्पियनसिपमा उल्लेखनीय प्रदर्शन गरेकी छिन् । उनले विश्व च्याम्पियनसिपमा पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरसिप र खेल भावनाको पुरस्कार पाएकी छिन् । काठमाडौंमा आबद्ध भएकी एन्ड्रिना १७८ सेन्टिमिटर उचाइकी हुन् । 

२४ वर्षीया खेलाडीको आगमनले टोली बलियो भएको काठमाडौंकी सिइओ सुदीक्षा अधिकारीले बताइन् । ‘हामीले बलियो र सन्तुलित टोली निर्माण गर्ने प्रतिबद्धताअनुरूप सेटर एन्ड्रियालाई अनुबन्ध गरेका छौँ,’ अधिकारीले भनिन्, ‘हामीलाई विश्वास छ उनले अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।’ 

यसैगरी, एन्ड्रियाले काठमाडौं टोली डाइनामिक र महत्वाकांक्षी भएको बताइन् । ‘यस्तो डाइनामिक र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा सम्मानित अनुभव गरेको छु,’ उनले भनिन्, ‘भलिबल मेरो लागि खेल मात्र नभई जुनुन हो र म आफूले ल्याएको अनुभव प्रयोग गरेर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सघाउन उत्सुक छु ।’ उनले लिगबारे राम्रो जानकारी भएको बताउँदै काठमाडौंका समर्थकसँग जोडिन आतुर रहेको जनाइन् ।