१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार o९:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक नियुक्तिमा लामाको नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार o९:५३:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेसा गोवर्द्धनका प्रशिक्षक कविराज नेगी लामालाई प्रशिक्षक (अधिकृत तृतीय)मा नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको छ ।

पारा तेक्वान्दोमा प्रशिक्षक लामाले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक दिलाएका छन् । यसै सफलताको कदर गर्दै उनलाई राखेपले नियुक्ति दिन लागेको हो ।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रूपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् । उनको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कांस्य हात पारेको छ । उनी स्वयंसेवक प्रशिक्षक हुन् ।

पेरिस ओलम्पिकमा नेपालले उनकै प्रशिक्षणमा नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धि हात पारेको थियो । यसअघि नेपालको सर्वोच्च पदक नै एसियन खेलकुद प्रतियोगिताको रजत थियो । नेपालले पारा ओलम्पिकमा सन् २००४ को एथेन्स तथा सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा भाग लिन थालेको हो । 

राखेपले पेरिस पारा ओलम्पिकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा व्यवस्था भएअनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ । पेरिसमा पलेसाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको रिपाचेको फाइनलमा सर्बियाली खेलाडीलाई हराउँदै कांस्य जितेकी थिइन् ।