१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २० बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हरिवंश र प्रकाशलाई लिएर दीपेन्द्रले ‘हरिबहादुरको जुत्ता’ बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १४:३२:oo

हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ। फिल्मलाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन्।

गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन्। ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन्।

फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्। हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो। तीनैजनाले यसअघि सँगै फिल्ममा काम गरेका छैनन्। प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ।

फिल्मको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ। कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन।