Skip This
महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान गरिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २१:१२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २१:१२:oo

 महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार २०८० यस वर्ष मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ। 

मकवानपुरको अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजसँगको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेडले उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ।

पुरस्कारको राशि ५१ हजार रहेको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए। यसअघि गतवर्षको महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको थियो। 

यस्तै, मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई यस वर्ष ‘मकवानपुर श्री सम्मान’बाट सम्मानित गरिने भएको छ। अध्यक्ष दाहालले मकवानपुर जिल्लामा रही जिल्लाको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका विभिन्न क्षेत्रकामध्ये कोही एकजना व्यक्तित्वलाई ‘मकवानपुर श्री सम्मान प्रदान गर्ने गरिएको जानकारी दिए।

यसैगरी, असोज ५ गते शनिबार हुने पुरस्कार एवं सम्मान समर्पण कार्यक्रममा केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० मकवानपुरका अग्रज पत्रकार माधव न्यौपानेलाई प्रदान गरिने भएको छ। हेटौँडा १० का समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना पिताको सम्झनामा स्थापित उक्त पुरस्कारको राशी नगद १० हजार रहेको अध्यक्ष दाहालले बताए।