Skip This
प्रेरक प्रसंग : युवक र वृद्धको संवाद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३१ सोमबार o६:o६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : युवक र वृद्धको संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o६:o६:oo

एउटा सडकको एक कुनामा एक सहयोगापेक्षी वृद्ध बस्थे । उनी हरेक दिन सोही स्थानमा बस्थे । त्यो उनको नियमित स्थान नै थियो । त्यही बाटो हुँदै यताउता जाने बटुवाले उनलाई केही न केही खाना या पैसा दिन्थे र त्यसैबाट उनको गुजारा चल्थ्यो । उनको शरीरमा जताततै घावैघाउ थियो । जसले गर्दा उनलाई निकै कष्ट भइरहेको थियो । एक युवक हरेक दिन त्यही बाटो हिँड्थे ।

 वृद्धको कष्ट देख्दा उनलाई पनि दुःख लाग्थ्यो । एक दिन उनी वृद्धको नजिकै गए र गम्भीर हुँदै भने– बाबा, यस्तो कष्ट झेलेर पनि तपाईं बाँच्ने कोसिस गरिरहनुभएको छ । तपाईंले त ईश्वरसित मुक्तिका लागि प्रार्थना गर्नुपर्ने होइन र ? 

वृद्धले उत्तर दिए– म हरेक दिन ईश्वरसित तिमीले भनेजस्तै आफ्नो मुक्तिकै लागि प्रार्थना गर्छु । तर, उहाँले मेरो प्रार्थना नै सुन्नुहुन्न । सायद, उहाँ मेरो माध्यमबाट मानिसहरूलाई आज सद्दे, सम्पन्न र समर्थ छु भनेर घमन्ड नगर, भोलि कुनै पनि दिन या कुनै पनि समयमा तिमी पनि यस्तै अवस्थामा पुग्न सक्छौ भन्ने सन्देश दिन खोजिरहनुभएको छ । घमन्डका कारण म आफ्नै विगतका कर्मको फल आज भोगिरहेको छु । त्यसैले, सायद भगवान्ले मेरो माध्यमबाट सबैलाई पाठ पठाउन खोजिरहनुभएको छ कि जस्तो लाग्छ । 

युवकले वृद्धलाई भने– बाबा, तपाईंले आज मलाई जीवनको असली शिक्षा दिनुभयो । तपाईंका यी वचनले मेरा आँखा खुले । यसलाई म जीवनभर कहिल्यै भुल्नेछैन ।