Skip This
धोबीखोलाले ट्याक्सी बगायो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २२:३३:oo
Read Time : < 1 मिनेट
समाचार

धोबीखोलाले ट्याक्सी बगायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २२:३३:oo

काठमाडौंको अनामनगरमा धोबीखोलाले ट्याक्सी बगाएको छ । आइतबार बेलुका करिब ८ बजेतिर मदन भण्डारी कलेजछेउको करिडोरमा बा.२ज १७९६ नम्बरको ट्याक्सी चिप्लिएर धोबीखोलामा खसेको हो ।

ट्याक्सीचालक उर्गेन लामा भने सकुशल रहेको अनामनगर वृत्तका डिएसपी चक्रबहादुर शाहले बताए । चालकसहित ट्याक्सी धोबीखोलामा खसेको थियो । चालक लामा भने खोलाबाट निस्कन सफल भएका छन् । धोबीखोलाले बगाएको ट्याक्सी बुद्धनगरमा भेटिएको र निकाल्न खोज्नेक्रममा बाढी आएर फेरि बगाएको डिएसपी शाहले बताए ।