१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २० बिहीबार o९:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबलकी महत्वपूर्ण खेलाडी कविता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o९:१o:oo

सुदूरपश्चिमकी कविता भट्टले अहिलेसम्म तीन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाएकी छिन् । भट्टले काभा महिला भलिबल नेसन्स लिगको पहिलो र दोस्रो संस्करणसँगै एसियन कप र रुसस“गको एक मैत्रीपूर्ण खेल खेलेकी छिन् । नेपालले काभा नेसन्सको पहिलो दुई उपाधि जित्दा उनी महत्वपूर्ण खेलाडी थिइन् । 

भट्ट अहिले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को पिपुल्स च्वाइस अवार्डमा मनोनीत छिन् ।

उनी यो अवार्डको दाबेदार खेलाडी हुन् । एनएसजेएफले वितरण गर्ने अवार्डको २१औँ संस्करण आइपुग्दा अहिलेसम्म भलिबलले ६ पटक पिपुल्स च्वाइस अवार्ड जितेको छ । भलिबलको साख जोगाउने जिम्मेवारी आफूमा आएको उनले बताएकी छिन् । विभागीय टोली एपिएफका लागि पनि यो अवार्डलाई जित्ने लक्ष्यमा छन् । 

यसअघि एपिएफकै दुई खेलाडीले यो अवार्ड जितिसकेका छन् । ‘भलिबलको साख जोगाउने जिम्मेवारी आएको छ । भलिबलले नै ६ पटक यो अवार्ड जितेको हुँदा मेरोस“गै भलिबल, भलिबलप्रेमी र मेरो क्लब एपिएफका लागि यो अवार्ड जित्नैपर्ने दबाब छ,’ उनले भनिन् । 

भलिबलमा फरक पहिचान
भट्ट अहिले विभागी टोली एपिएफमा छिन् । वर्ष ०७४ मा एपिएफमा आएकी उनले नेपाली घरेलु महिला भलिबलमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइन् । एपिएफको महिला भलिबल टोलीले सातौँदेखि नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा उनी टोलीकी सदस्य थिइन् ।

एनभिए कप, टाइगर कप, ढोरपाटन भलिबल च्याम्पियनसिपलगायत धेरै प्रतियोगिता एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । नेपाली भलिबलमा अगाडि बढिरहेकी भट्टले ०७३ मा पहिलोपटक भलिबल छोएकी थिइन् ।

त्यसवेला उनलाई कोर्ट र खेलबारे केही जानकारी थिएन । अग्लो कदले गर्दा उनको भलिबल यात्रा सुरु भयो । र, नेपाली राष्ट्रिय महिल भलिबल टोलीकी उनी मुख्य सदस्य बनेकी छिन् ।