Skip This
पत्रकार महासंघ बाराको कार्यालयमा प्रेस चौतारीले लगायो ताला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २o:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार महासंघ बाराको कार्यालयमा प्रेस चौतारीले लगायो ताला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २o:२o:oo

प्रेस चौतारी नेपाल बारा शाखाले आइतबार नेपाल पत्रकार महासंघ बारा शाखाको कलैयास्थित कार्यालयमा तालाबन्दी गरेको छ। केन्द्रीय निर्वाचन समितिले शनिबार राति सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टि जनाउँदै चौतारी बाराले तालाबन्दी गरेको हो। 

शुद्धीकरणका नाममा क्रियाशील पत्रकारलाई पाखा लगाएर केही निष्क्रिय व्यक्तिलाई समावेश गर्दै नामावली सार्वजनिक गरिएपछि चौतारी बाराले आपत्ति जनाएको हो। महासंघको शुद्धीकरण अभियानको सुरुवातदेखि सहकार्य गर्दै आए पनि अन्तिम समयमा छलफल नै नगरी एकलौटी र एकतर्फी ढंगले गैरपत्रकारको नाम समावेश गरी नामावली सार्वजनिक गरेको भन्दै चौतारी बाराले विरोध गरेको हो। 

महासंघको कार्यालयमा तालाबन्दी गर्दै चौतारी बाराले विज्ञप्ति जारी गरेर शुद्धीकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाउने गरी आएको नामावली सच्याउन माग गरेको छ। अध्यक्ष दिवाकर भण्डारी र सचिव जिउतप्रसाद यादवद्वारा जारी विज्ञप्तिमार्फत चौतारीले सक्रिय पत्रकारलाई पाखा लगाएर गरिएको शुद्धीकरणको कुनै औचित्य नरहेको उल्लेख गर्दै उक्त नामावली सच्याउन माग गरेको हो। 

पत्रकारितामा सक्रिय रहेका व्यक्तिलाई पाखा लगाएर गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उल्लेख गर्दै चौतारीले सक्रिय पत्रकारलाई समावेश नगरेसम्म तालाबन्दी नखुल्नेसमेत जनाएको छ। चौतारीले आफूहरूको माग पूरा नभएसम्म बारामा पत्रकार महासंघको निर्वाचनको प्रक्रियाअगाडि नबढाउन आग्रह गरेको  छ भने जबर्जस्ती निर्वाचन गर्न खोजिए त्यसको प्रतिकार गर्नेसमेत चेतावनी दिएको छ।

चौतारी बाराका अध्यक्ष भण्डारीले पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई निर्वाचनको प्रक्रिया अगाडि नबढाउन ध्यानाकर्षणसमेत गराएका छन्। 

अध्यक्ष भण्डारीको नेतृत्वमा महासंघको कार्यालय पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष लक्ष्मी साह, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, सहसचिव दुष्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सदस्य पन्नालाल दास, चौतारी बाराका सचिव जिउत यादव, सहसचिव इन्दीप कोइराला, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्य धीरेन्द्र तिवारीलगायत तालाबन्दी गरेका हुन्।