१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २० बिहीबार o८:५३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o८:५३:oo

पहिलो ओलम्पिक पदक प्राप्तिले के सन्देश दिन्छ ?
तेक्वान्दोकी पलेसा गोवद्र्धनले नेपाली खेल इतिहासमै पहिलो ओलम्पिक मेडल भित्र्याउनुभएको छ । अब हामीसित पनि ओलम्पिक पदक छ भन्न सक्ने अवस्था सिर्जना भएको छ । यो सफलताबाट सिकेर राज्यले खेल जगत्लाई सकारात्मक रूपमा लिएर दीर्घकालीन तयारी गर्ने हो भने आगामी दिनमा यस्तै सफलतालाई निरन्तरता दिन सकिन्छ । तर, राज्यका अधिकारी या राजनीतिक नेतृत्वले खेलाडीको खुसीमा उपस्थित भएर चर्चाका लागि यो वा त्यो सुविधा दिन्छौँ भनेर घोषणा गर्ने तर, केही दिनमै त्यसलाई बिर्सने समस्या रहुन्जेल खेल क्षेत्रको विकास सम्भव छैन ।

ओलम्पिक प्रतिस्पर्धामा जान र पदक जित्न हाम्रो तयारी र सुविधाको अवस्था कस्तो छ ?
बडो निराशाजनक छ । विश्वकै सबैभन्दा ठुलो खेलकुद प्रतिस्पर्धा ओलम्पिकका लागि नेपालमा सबैभन्दा कम तयारी हुन्छ । पूर्वाधारको अवस्था नाजुक छ । बजेट लगभग छँदै छैन भने पनि हुन्छ । यसपालिकै उदाहरण हेर्ने हो भने तयारीका नाममा ९० लाख दिने घोषणा १५ जेठको बजेटमा गरियो । तर, रकम निकासा हुनुअघि नै ओलम्पिकमा खेलाडी पठाउनुपर्‍यो । जसले गर्दा अधिकांश खेलाडी उधारोमा जानुपर्‍यो । तयारीका लागि पनि अत्यन्त न्यून बजेट आयो । चाहिने वेलामा नपाइने बजेटको के काम ?

यस्तो निराशाजनक अवस्थामा सुधार गर्न के गर्नुपर्ला ?
ओलम्पिकका लागि केही साता या महिनाको तयारीले हुँदैन । यसका लागि आगामी चार, आठ या बाह्र वर्षको प्रस्ट दीर्घकालीन योजना बनाएर प्रविधि र पूर्वाधारमा पर्याप्त लगानी गर्नुपर्छ । देशभित्र खेल गतिविधि बढाएर पर्याप्त अभ्यास र प्रतिस्पर्धाको वातावरण बनाउनुका साथै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पनि दिनुपर्छ ।