१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 15 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ १९ बुधबार १२:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाबालिका दिदीबहिनी मृत्यु घटना : छोरीहरू मृत फेला परेको पाँच दिनपछि फेला परिन् बेपत्ता आमा  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार १२:५o:oo

डेढ र तीन वर्षीया छोरीहरू मृत फेला परेको पाँच दिनपछि बेपत्ता आमालाई प्रहरीले फेला पारेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा १५ भदौ अपराह्न घरनजिकै केराघारीमा मृत फेला परेका सोही ठाउँका अर्जुन कार्कीका छोरीहरू डेढ वर्षीया अयिका र तीन वर्षीया अर्पणा कार्कीकी बेपत्ता आमा पाँच दिनपछि फेला परेकी हुन् ।  

१४ भदौ साँझदेखि नाबालक छोरीहरू लिएर बेपत्ता भएकी अर्जुन कार्कीकी श्रीमती अस्मितालाई प्रहरीले झापाको बिर्तामोड बजारमा अलपत्र अवस्थामा बुधबार बिहान फेला पारेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार साँझ आमा अस्मिताले लिएर गएका नाबालिका छोरीहरू १५ भदौमा केराघारीमा दिदीबहिनी अँगालो मारेर सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । उनीहरूको शवनजिकै कीटनाशक विषादीको बट्टा पनि बरामद भएको थियो। 

बेपत्ता भएकी ३० वर्षीया आमा अस्मिता फेला नपर्दा नाबालक दिदीबहिनीको मृत्यु रहस्यमय बनेको थियो। अलपत्र अवस्थामा फेला परेकी आमा अस्मिताको शारीरिक अवस्था खराब पाइएकाले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि मात्र नाबालक दिदीबहिनीको मृत्युबारे सोधपुछ गरिने मोरङका एसपी नवराज कार्कीले बताए।

प्रहरीले प्राप्त गरेको जानकारीअनुसार धनकुटाको पाख्रिबास नगरपालिका– ४ ढिकरे स्थायी घर भएका अर्जुन र अस्मिता दुई नाबालक छोरीहरूसँगै सुन्दरहरैँचामा नातेदारको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए। दुईवटा सुमो जिप भएका श्रीमान् अर्जुनले एउटा भाडामा लगाएर एउटाचाहिँ आफैँले चलाएर व्यवसाय गर्दै आएका थिए । अर्जुन र अस्मिताले सुन्दरहरैँचामा  जमिन खरिद गरेर आफ्नै घर  पनि बनाउन थालेका थिए। 

शुक्रबार नयाँ बनाउँदै गरेको घरमा पानी हाल्ने विषयमा श्रीमान् अर्जुन र श्रीमती अस्मिताबिच भनाभन भएको थियो । त्यसपछि साँझ आमा अस्मिता नाबालक दिदीबहिनी छोरी लिएर बेपत्ता भएकी थिइन् । शनिबार साँझ आमाले लिएर गएका नाबालका बालिका घरनजिकै केराघारीमा मृत फेला परेको, तर आमा बेपत्ता भएकाले प्रहरी र स्थानीयले जंगलमा खोजी गर्दै आएका थिए ।