१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार o९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भरतपुरको सनराइज स्कुलको होस्टेलबाट बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार o९:१७:oo

चितवनको सनराइज इंग्लिस बोर्डिङ स्कुलबाट एकजना विद्यार्थी बेपत्ता भएका छन् । सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय विद्यार्थी संयाेगबहादुर पौडेल बेपत्ता भएका हुन्। मंगलबार अपराह्न ४ बजेदेखि नै समीर सम्पर्कविहीन भएपछि अभिभावक चिन्तित छन्।

भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा छिन्। मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको होस्टेलमा राखेको थियो। ‘छोरालाई बोडर्स गरेर राखेकोले म ढुक्क थिएँ,’ आमा सरिता पौडेलले भनिन्, ‘स्कुलबाटै राम्रोसँग केयर हुन्छ भनेर होस्टेल राखियो, तर होस्टेलबाटै छोरो हरायो ।’ 

सबैतिर खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार अहिले तनावमा छ। छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकको नयाँ पत्रिकालाई जानकारी दिए । बालक स्कुलबाट हराएको भन्ने जानकारी राति १० बजे आएको बताउँदै उनले भने, ‘खोजीकार्य अघि बढाइसकेका छौँ ।’