Skip This
झापामा दुई दिनमा दुईजनाको हत्या  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २९ शनिबार o८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा दुई दिनमा दुईजनाको हत्या  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o८:३४:oo

झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुईजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुईजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका–१०, फिक्कलकी १९ वर्षीया मनीषा लोहारको छुरा प्रहार गरी हत्या गरिएको हो। लोहार हत्याको आरोपमा कैलाली गौरीगन्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ।

लोहारलाई पटक–पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए। छुरा प्रहारबाट घाइते भएकी लोहारको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

यसैगरी, शिवसताक्षी नगरपालिका-८, शीतलचोकनिवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ।

दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाइ रामप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।