Skip This
मिरा ट्रस्ट सडकखण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन कलाकार आचार्यको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिरा ट्रस्ट सडकखण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन कलाकार आचार्यको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १३:१o:oo

कलाकार हरिवंश आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक, पनौती-नमोबुद्ध सडकमा पर्ने मिरा ट्रस्ट सडकखण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग आग्रह गरेका छन् ।

बुधबार मन्त्रालयमा उनीहरूबिच भएकाे भेटवार्तामा आचार्यले आफ्नाे पुर्ख्यौली  क्षेत्र काभ्रे जिल्लामा गर्नुपर्ने विभिन्न विकास निर्माणबारे मन्त्री दाहालको ध्यानाकर्षण गराए।

साथै मन्त्री दाहाल र वरिष्ठ कलाकार आचार्यबिच  विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ। विकास निर्माण कार्य र सरकारका कामलाई कसरी जनमुखी र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको हो। 

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए ।  दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उनले नागरिकका अपेक्षा पूरा हुने गरी कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामनासमेत दिए।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्राेत व्यवस्थापन गर्न आफूले प्राथमिकता दिएको बताए । अहिले मुख्य दुई ठुला दलसहितको सरकार बनेकाले यो दिगो र बलियो सरकार रहेको पनि बताए ।