१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होस्टेलबाट हराएका बालक भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार १३:o७:oo

चितवनको सनराइज इंग्लिस बोर्डिङ स्कुलबाट हराएको भनिएका बालक भेटिएका छन्। सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय संयोगबहादुर पौडेल अहिले आफ्नै बुबासँग छन्। 

मंगलबार अपराह्न ४ बजेदेखि उनी सम्पर्कविहीन थिए। साथीसँग झगडा भएपछि आफू स्कुलबाट भागेको र बुबासँग भेट भएको उनले बताएका छन्।

संयोगका आमा र बुबाको सम्बन्धविच्छेद भइसकेको छ। भरतपुर– १३, उज्ज्वलनगर घर भएका उनकी आमा सरिता पौडेल वैदेशिक रोजगारीमा छिन्।

अहिले बाबुसँगै छोरा भेटिएपछि प्रहरीले यस विषयमा अनुसन्धान गर्दै छ। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बालक भेटिएको र अनुसन्धान भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए।