१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट साढे १३ लाखभन्दा बढी संकलन

फाइनल खेलबाट थप ८ लाख उठ्ने अपेक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १४:५१:oo

ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट साढे १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। फाइनलअघिका खेलहरूमा आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन गरेको हो।

जिल्लाको ब्रान्ड जस्तै बनेको लाखेजात्राको अवसरमा खेलाइने ‘ताप्लेजुङ गोल्डकप’का क्वार्टर फाइनलका चार र सेमिफाइनलका दुई गरी ६ खेलका  टिकट बिक्रीबाट सो रकम संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार क्वार्टर फाइनलका चार खेलबाट सात लाख नाै हजार आठ सय रुपैयाँ र सेमिफाइनलका दुई खेलबाट ६ लाख ५२ हजार आठ सय रुपैयाँ संकलन भएको छ। सेमिफाइनलका दुई खेलमध्ये पहिलो खेलबाट तीन लाख आठ हजारआठ सय र दोस्रो खेलबाट तीन लाख ४४ हजार रुपैयाँ संकलन भएको उनले बताए।

लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाइनलका चार खेलका लागि जनही एक सय, सेमिफायनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि जनही दुई सय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ। सोमबार हुने फाइनल खेलमा करिब आठ लाख रुपैयाँ उठ्ने अपेक्षा गरिएको समितिका सचिव टिकेन्द्र नेपालीले बताए।