Skip This
गठबन्धनको अढाई महिनापछि कोशी सरकारमा कांग्रेस सहभागी  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ २८ शुक्रबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको अढाई महिनापछि कोशी सरकारमा कांग्रेस सहभागी  

तीन विभागीय र एकजना राज्यमन्त्री नियुक्त

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १२:४७:oo

कोशी प्रदेशमा सत्तागठबन्धन बनेको अढाई महिनापछि कांग्रेस सरकारमा सहभागी भएको छ। शुक्रबार तीनजना विभागीय र एकजना राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो। 

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार कांग्रेसबाट सहभागी  भूपेन्द्र राईलाई भौतिक पूर्वाधार विकास, खगेन्द्रसिंह हाङ्खगामलाई उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डललाई पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विभागीय मन्त्री र कांग्रेसकै भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त  गरी प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गाेपनीयताकाे शपथग्रहण गराएका छन् । 

जम्मा नौवटा मन्त्रालय रहेको कोशीमा कांग्रेसले चार मन्त्रालय लिने एमालेसँग मौखिक सहमति गरेको थियो । तर, आन्तरिक कलह व्यवस्थापन गर्न  मन्त्रालयको संख्या बढाउन कांग्रेसले दबाब दिँदै आएको थियो। मन्त्रालय बढाउन मुख्यमन्त्री कार्की सकारात्मक नभएपछि कांग्रेस पुरानै सहमतिअनुसार ढिलो गरी सरकारमा सहभागी भएको हो ।  

१७ असारमा संघमा एमाले र कांग्रेसको सत्तागठबन्धन बने पनि आन्तरिक कारणले गर्दा कोशीमा कांग्रेस सरकारमा सहभागी भएको थिएन। पहिले सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रले नयाँ सत्तागठबन्धन बनेपछि ११ साउनमा सरकारबाट बाहिरिएको थियो । 

कोशीमा मुख्यमन्त्रीको कार्यालयसहित जम्मा नौवटा मन्त्रालय छन् । जसमा एमालेबाट चार मन्त्री र एक राज्यमन्त्री छन्। स्वास्थ्य मन्त्रालय अझै मन्त्रिविहीन छ ।