Skip This
पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १२:२७:oo

अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ। कैलाली, कञ्चनपुरलाई पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको करिब आधा दर्जन ठाउँमा पहिरो गएको छ।

पहिरोका कारण राजमार्ग तीन ठाउँमा अवरुद्ध रहेको र तीन ठाउँमा पहिरो पन्छाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भीमदत्त राजमार्गको डोटीको फल्टुडे तथा डडेल्धुराको साहुखर्क र मेलखर्कमा पहिरोका कारण अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गंगादत्त भट्टले जानकारी दिए।

त्यस्तै, बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण दुई ठाउँमा अवरुद्ध भएको छ । बझाङको छबिसपाथीभेरा गाउँपालिकाको जालीबगर र केदारस्यूँ गाउँपालिकाको बालुवाटारमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

त्यस्तै, डडेल्धुराको रडुवाखोला र सकायलमा पहिरो गएर डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । रडुवाखोलामा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग सञ्चालन गर्न मुस्किल रहेको प्रहरी सहायक निरीक्षक भट्टले बताए। यो राजमार्ग अवरुद्ध भएपछि डोटी, अछाम र बाजुरा जाने सवारीसाधन रोकिएका छन्।

डडेल्धुरा–बैतडी जोड्ने राजमार्ग पनि अनारखोलीमा पहिरो गएपछि अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। लगातारको वर्षाले कैलालीका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ। मोहना, खुटिया, कान्द्रा, काँडालगायत नदीहरूमा बाढी बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।