१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ९ आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखा समिति सभापति छोड्न तयार छौँ : योगेश भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १४:१o:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले आफूहरू सार्वजनिक लेखा समितिको सभापति छोड्न तयार रहेको बताएका छन् । समितिको आइतबार बसेको बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।

लेखा समिति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार कांग्रेस–माओवादी गठबन्धनको सरकार हुँदा एमालेले लेखा समिति सभापति पाएको थियो । अहिले एमाले–कांग्रेस गठबन्धनमा सरकार बन्दा माओवादी प्रतिपक्षमा पुगेको छ।

‘लेखा समिति सभापति विपक्षीले पाउने संसदीय परम्पराबारे एमाले स्पष्ट छ। तर, विगतमा परम्परा मिच्दै आएको र फरक ढंगबाट गइरहेको अवस्था हो। आमनिर्वाचनपछि समिति नेतृत्व दलीय सहमतिमा चयन भएको हो । अब हामी नेतृत्व तहमा कुनै सहमति हुन्छ भने छोड्छौँ । जसलाई छोड्नुपर्ने छोड्छौँ,’ बैठकमा भट्टराईले भने।

लेखा समितिको सभापतिको विषय बारम्बर उठाउन आवश्यक नरहेको भन्दै भट्टराईले शीर्ष तहमा छलफल गर्न माओवादी नेताहरूलाई आग्रह गरे। ‘समितिमा पटकपटक यो कुरा उठाएर दबाबमा राख्ने मात्रै हो । प्रमुख प्रतिपक्षी नेता प्रचण्डले ओली र देउवासँग सल्लाह गर्नुपर्‍याे। यो विषय पटक–पटक चिमोटिरहनुपर्दैन । हामी छोडिदिन तयार छौँ,’ उनले भने।