१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १३:४२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मटिहानीका ६२ छात्रालाई साइकल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १३:४२:oo

महोत्तरीको मटिहानी नगरपालिकास्थित श्री राम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत ६२ छात्रालाई साइकल वितरण गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलसहितको उपस्थितिमा साइकल वितरण गरिएको हो।

मन्त्री भण्डारीले साइकल वितरण गर्दै छात्राहरूको उज्वल भविष्यको कामना गरे। उनले मटिहानीमा हालसम्म १२ कक्षासम्म मात्र पठनपाठन हुँदै आएकोबारे ध्यानाकर्षण भएको बताउँदै मटिहानीमै प्राविधिक उच्च शिक्षाको खाँचो रहेको बताए। 

छात्राहरूलाई विद्यालय आउजाउ गर्न सहज हुने उद्देश्यले पछिल्लो पाँच वर्षदेखि साइकल वितरण गर्दै आएको महिटानीका मेयर मण्डलले बताए। राम माविमा मटिहानी मात्र नभई छिमेकी पालिकाहरूबाट समेत छात्रछात्रा अध्ययन गर्न आउने बताउँदै उनले टाढाबाट आउने छात्राहरूलाई समेत सहज होस् भनेर नगरपालिकाको निरन्तर साइकल वितरण गर्दै आएको बताए।