१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ड्युटीमा बेहोस भएका प्रहरी सहायक हवल्दार बोहराको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार ११:२२:oo

ड्युटीमा बेहोस भएका प्रहरी सहायक हवल्दार टंकबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत मंगलसेन– ८ ओलीगाउँका बोहरा शनिबार दिउँसो नागरिक सहायता कक्षामा ड्युटी गरिरहेका वेला बेहोस भएका थिए ।

एक्कासि बेहोस भएर भुइँमा लडेपछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसेन लगेर इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याएलगत्तै ३६ वर्षीय बोहरालाई चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।  

जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार बोहराको मृत्युको कारण भने भिसेराको रिपोर्ट आएपछि मात्र थाहा हुनेछ । त्यसका लागि पोस्टमार्टम गरी भिसेरा संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङको अपराध अनुसन्धान समूहमा दरबन्दी रहेका बोहरा जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत रहेका थिए ।