Skip This
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
रासस नवलपरासी
२o८१ भदौ २८ शुक्रबार १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह

Read Time : < 1 मिनेट
रासस, नवलपरासी
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १५:१८:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडकखण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।

‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ। यसतर्फ सरकारको ध्यान जाओस,’ उनले भने। गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सास्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताए।

उक्त हुलाकी राजमार्ग तीन खण्डमा निर्माण हुँदै छ। परासी–नारायणचोक खण्ड, नारायण चोक–त्रिवेणी खण्ड र बेलाटारी खण्ड गरी हुलाकी राजमार्ग  निर्माण हुँदै छ। नारायण चोक–त्रिवेणी खण्डको साढे ६ किलोमिटर हुलाकी राजमार्ग प्रतापपुर गाउँपालिकाभित्र पर्दछ। उक्त राजमार्ग सरदमुकाम जोड्ने मुख्य सडक हो।

नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि बज्रगुरु–महालक्ष्मी जेभी कुपन्डोल कम्पनीले ०७६ मंसिरमा रु. ४९ करोड ६० लाखमा ठेक्का लिएको हो। हालसम्म उक्त सडकमा ग्राभेल मात्रै हाल्ने काम भएको छ। धैरे ठाउँमा ठुला–ठुला खल्डाखुल्डी भई वर्षाको पानी सडकमै जमेको अवस्था छ।