Skip This
आज संवैधानिक परिषद्को बैठक बस्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज संवैधानिक परिषद्को बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १६:३o:oo

आज संवैधानिक परिषद्को बैठक बस्दै छ। साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि बुधबार डाकिएको बैठक स्थगित भएकाे थियाे।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन्।

अहिले निर्वाचन आयोगमा एक आयुक्त, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, मुस्लिम आयोग र महिला आयोगमा एक/एकसहित पाँचवटा संवैधानिक नियुक्तिका पद रिक्त छन् ।