१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ५ बुधबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ५ बुधबार o७:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय टी–२० मा एकै ओभरमा ३९ रन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ५ बुधबार o७:oo:oo

सामोआका ब्याट्सम्यान डारियस भिसेरले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा विश्व रेकर्ड बनाएका छन् । भिसेरले सोमबार एकै ओभरमा सर्वाधिक ३९ रनको नयाँ विश्व कीर्तिमान राखेका हुन् । 

आइसिसी टी–२० विश्वकपअन्तर्गत पूर्वी एसिया प्रशान्त क्षेत्र छनोटमा भिसेरले भानुआतुविरुद्धको प्रतिस्पर्धामा रेकर्ड बनाएका हुन् । २८ वर्षीय भिसेरको यो केवल तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल हो । उनले नलिन निपिकोको एक ओभरमा ६ छक्कासहित ३ नोबलमा ३९ रन जोडे । 

यसअघि अन्तर्राष्ट्रिय टी– २० मा एकै ओभरमा ३६ रनको रेकर्ड थियो । पुरुषतर्फको टी–२० फम्यार्टमा एकै ओभरमा भिसेरसँगै समग्रमा चार खेलाडीले ६ बलमा छक्का प्रहार गरेका छन् । पहिलोपटक कुनै टोलीले एक ओभरमा ३६ भन्दा बढी रन बनाएको हो । समोआको ब्याटिङ इनिङ्सको १५औंँ ओभरमा भिसेरले निपिकोको पहिलो तीन बलमा डिप मिडविकेटमा छक्का प्रहार गरे । 

त्यसपछि १५.४ ओभर नो बल भयो । उनले फ्रिहिटमा लेग साइडमा छक्का प्रहार गरेका थिए । निपिकोले १५.५ ओभरमा दोस्रोपटक नो बल फ्याँके । भिसेरले फ्रिहिटमा छक्का हिर्काए । निपिकोले अर्को नो बलमा भिसेरले छक्का प्रहार गरे । 

युवराज पहिलो खेलाडी 
टी–२० आई फम्यार्टमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भारतका युवराज सिंह हुन् । उनले सन् २००७ को आइसिसी टी–२० विश्वकपको पहिलो संस्करणमा इंग्ल्यान्डविरुद्ध विश्वकीर्तिमानी ब्याटिङ गरेका थिए । इंग्ल्यान्डका चर्चित बलर स्टुआर्ट ब्रोडको ओभरमा उनले ६ बलमै छक्का प्रहार गरे । त्यसपछि टी–२० आईमा वेस्ट इन्डिजका किरण पोल्यान्ड दोस्रो खेलाडी हुन् ।

उनले सन् २०२१ मा श्रींकाका अकिला धनञ्जयविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरे । सन् २०२४ को सिजनमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कतारका कामरान खानविरुद्धको ओभरमा ३६ रन जोडेका थिए ।