Skip This
लुम्बिनी, गण्डकी र बाग्मतीका धेरै स्थानमा भारी वर्षा, कहाँ कति पानी पर्‍यो ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २२ शनिबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी, गण्डकी र बाग्मतीका धेरै स्थानमा भारी वर्षा, कहाँ कति पानी पर्‍यो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार ११:४९:oo

पछिल्लो २४ घण्टामा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार वर्षा भएको भूभागमध्ये लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको कुमालगाउँमा ३५५ मिलिमिटर मापन भएको छ। यो घनघोर वर्षा हो। विभागको तथ्यांक अनुसार पाल्पाको गण्डाकोटमा २५३, दाङको लमहीमा २४१, स्याङजामा २४०, दाङ घोराहीमा २३३, अर्घाखाँचीमा १९७ र दाङको लालमटियामा १९१ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै, पर्सामा १८२, बाँकेको कुसुमा र गोरखामा समान १७४, प्युठानमा १७१, पर्वतमा १५८, लमजुङमा १५१ र ललितपुरको लेलेमा १४० र सिन्धुलीमा १२९ मिलिमिटर वर्षा मापन भएको छ। 

जल तथा मौसम विज्ञान विभागले बिहीबार नै विशेष बुलेटिन जारी गरेर आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै वर्षा हुने प्रक्षेपण गरेको थियो।