Skip This
राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Friday, 04 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २२ शनिबार o५:५७:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o५:५७:oo

आर्थिक वर्ष ०८१/८२ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा प्रतिनिधिसभामा दर्ता गरेको विधेयक ११ असारमा पारित भएर सन्देशसहित राष्ट्रिय सभामा आएको थियो । मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल तथा मन्त्रीहरूको जवाफपछि शुक्रबार राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सभामा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहित विपक्षी दलका सांसद मौन रहेपछि अध्यक्ष दाहालले विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । 

विनियोजन विधेयक आर्थिक वर्षको बजेटसम्बन्धी मूल विधेयक हो । अर्थमन्त्री पुनले बजेटसम्बन्धी आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा पारित भएर गएका तीनवटै विधेयकमा सैद्धान्तिक छलफल भई विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

सांसदहरूको संशोधन परेपछि दफावार छलफल भई अर्काे बैठकबाट यी विधेयक पारित हुनेछन् । अर्थमन्त्री पुनले १५ जेठमा संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।