Skip This
झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार २१:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार २१:३९:oo

झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले जितेको छ। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको मिडिया कपको फाइनलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको हो। 

जितसँगै दमकले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भद्रपुरले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दमकको जितका लागि शिशिर उप्रेतीले दुई गोल गरे भने राम भेटवालले एक गोल गरे। भद्रपुरका लागि रोजन पाठकले एक गोल गरे । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुशन राई, उत्कृष्ट मिडफिल्डर दमकका शिशिर उप्रेती, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझी भए। उनीहरूलाई स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकको उत्पादन गुन्द्रुक र चिया दिइएको थियो।