Skip This
खैरो हिरोइनसहित युवक पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार २१:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खैरो हिरोइनसहित युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार २१:o१:oo

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हिरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका– १४ घर भई हाल हेटौँडा– १० न्युरेनीमा डेरा गरेर बस्ने वर्ष २७ का किरण सुनारलाई पक्राउ गरेको हो।

सुनारलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा हेटौँडा– ९ मा रहेको टेस्टी मःम एन्ड फास्टफुड खाजाघरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।