Skip This
मैवाखोलामा बगेर दुई बेपत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैवाखोलामा बगेर दुई बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार २o:४२:oo

ताप्लेजुङको मैवाखोलामा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन्।

मौवाखोला गाउँपालिका– २ खानीका ११ वर्षीय सञ्जय बराइली र १२ वर्षीया आइतारानी शेर्पालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार सञ्जय मैवाखोला गाउँपालिका– २ खानीका सञ्जहाङ बराइलीका छोरा हुन् भने आइतारानी रिन्जिन शेर्पाकी छोरी हुन्।

दहमा पौडी खेल्ने क्रममा दुवैलाई खोलाले बगाएर बेपत्ता बनाएको बस्नेतले जानकारी दिए। दुवैजना शुक्रबार दिउँसो २ बजेतिर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बेपत्ताहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय दोभान र अस्थायी प्रहरी चौकी ढुंगेसाँगुका प्रहरी परिचालित रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।