१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार र क्रसर उद्योगीबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १७:o६:oo

सरकारसँग तीनबुँदे सहमति भएसँगै क्रसर उद्योगीको आन्दोलन स्थगित भएको छ। बिहीबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका प्रतिनिधिहरू र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच तीनबुँदे सहमति भएको हो।

निर्माणमुखी  सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० संसदमा दर्ता भई दफावार छलफलका लागि समितिमा छ। उक्त विधेयक पारित भएपछि क्रसर उद्योग नवीकरणको समस्या समाधान हुने भएकाले विधेयक छिटो पारित गराउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने सहमतिमा उल्लेख छ।

यसैगरी, नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने तथा २०७९ माघ ११ को मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने सहमतिपत्रमा उल्लेख छ।

ad
ad
ad
ad