Skip This
५० करोडमा मनकामना केबुलकार स्तरोन्नति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार o९:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५० करोडमा मनकामना केबुलकार स्तरोन्नति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:३९:oo

मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो । यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ । स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबुलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । 

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ । त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबुलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ ।

केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबुल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबुलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन् ।