Skip This
युरोपका ती उत्कृष्ट मिडफिल्डर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o९:१४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोपका ती उत्कृष्ट मिडफिल्डर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:१४:oo

जर्मनीमा चलिरहेको युरो २०२४ को सेमिफानल पुग्ने चारै टोलीको टुंगो लागेको छ । साबिक बिजेटा इटालीसँगै घरेलु टोली जर्मनी र बलियो पोर्चुगल बाहिरिएका छन् ।यही विश्वकपबाट जर्मनीका टोनी क्रुसले सन्न्यास लिए । बेल्जियमको यात्रा पनि अन्तिम १६ बाटै सकिएको छ । फिफा विश्वकपपछि युरोपियन च्याम्पियनसिप ठूलो प्रतियोगिता हो । युरोपियन च्याम्पियनसिपमा सदावहार उत्कृष्ट देखिएका मिडफिल्डर यस्ता छन्:

जिनेदिने जिदान (फ्रान्स)
जिनेदिने जिदान आफ्ना जमानाका रमाइला खेलाडी हुन् । उनको कमजोरी पनि यही हो । स्किल, ट्याकल र पावरफुल खेलका कारण यी खेलाडीलाई सर्वाधिक रुचाइएको थियो । फ्रेन्चम्यानले आफ्नो करिअरमा कहिल्यै गुमनाम हुनुपरेन । खेलाडी करिअरपछि प्रशिक्षकको रूपमा पनि उस्तै चर्चामा रहे । उनलाई गर्ड गिफ्टेड खेलाडी पनि भनिन्छ । उनले व्यावसायिक फुटबल स्पेनमा रियल म्याड्रिड र इटालीमा युभेन्टस्बाट खेलेका छन् । क्लब करिअरमा जिदानले पाँच सयभन्दा माथि खेल खेल्दा सयभन्दा माथि गोल गरे । फ्रान्सलाई विश्वकप उपाधि जिताएका छन् । युरोपियन च्याम्पियसिप, च्याम्पियन्स लिग, सिरी एक–दुईपटक, ला लिगा र युइएफए सुपर कपको उपाधि उचालेका छन् । त्यस्तै, बालोन डिओरको अवार्ड प्राप्त गरेका थिए । 

मिचेल प्लाटिनी (फ्रान्स)
मैदानबाहिर मिचेल प्लाटिनी जब्बर खेलाडी हुन् । देश र क्लबका लागि जति खेले सधैँ उत्कृष्ट प्रदर्शन गरे । तर, मैदानबाहिर उत्तिकै विवादास्पद खेलाडी पनि बन्न पुगे । तर, जति विवाद छन् । सबैलाई बिर्सने हो भने उनलाई विश्वका उत्कृष्ट खेलाडी हुन् । सन् १९८० ताका उनले नजितेको उपाधि र अवार्ड नै के रहेन । फ्रान्सपछि उनले युभेन्ट्सको लागि धेरै खेल खेलेका छन् । उनी क्रिएटिभ र इफेक्टिभ अट्याकिङ मिडफिल्डरको रूपमा चिनिने गर्थे । उनले सबै खाले प्रतियोगितामा पाँच सयभन्दा माथि खेल खेल्दा २५० माथि गोल गरेका छन् । तीनपटक बालोन डी ओर जिते । साथै युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग, सिरी ए दुईपटक, लिग वान, कोपा इटालिया, युइएफए सुपर कपको उपाधि हात पारेका थिए । 

स्टेभन जेरार्ड (इंग्ल्यान्ड)
इंग्लिस फुटबलको सर्वकालीन मिडफिल्डरमा स्टेभन जेरार्ड पर्छन् । उनी इंग्ल्यान्ड र प्रिमियर लिगमा लिभरपुलका लागि जति खेले सधैँ राम्रो प्रदर्शन गर्न सफल रहे । उनी मिडफिल्डमा भएपछि धेरै आशा रहने गथ्र्याे । एक लिडरसिपमा हुनुपर्ने सबै खुबी उनमै थियो । यद्यपि, देशका लागि भने उनले कुनै उपाधि जिताउन सकेनन् । तर, एनफिल्डमा भने उनले च्याम्पियन्स लिग, युइएफए कप, एफए कप दुईपटक, दुईपटक सुपर कप र तीनपटक लिग कपको उपाधि भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । १७ वर्ष लिभरपुलमा खेलेपछि अमेरिकामा एक वर्ष खेले । त्यसपछि भने लिभरपुलकै युथ टिम हुँदै रेन्जर्सको प्रशिक्षक भए । एस्टन भिल्लामा एक वर्ष रहेपछि साउदी प्रो लिग क्लब अल इत्तिफाक पुगेका हुन् । 

लोथर हर्वेट म्याथ्यु (जर्मनी)
लोथर हर्बेट म्याथ्युले वेस्ट जर्मनीलाई सन् १९९० को फिफा विश्वकप उपाधि जिताएका थिए । । सन् १९९१ मा बालोन डी ओर अवार्ड प्राप्त गरे । त्यसपछि फिफा वल्र्ड प्लेयर अफ दी एयर्स पनि बने । प्राविधिक रूपमा निपुण, बल पोसेसन राखेर खेल्न सक्ने हुँदा उनी जर्मन फुटबलका सर्वकालीन सर्वाेत्कृष्ट खेलाडी हुन् । वेस्ट जर्मनीको उमेर समूह हुँदै सिनियर टोलीका लागि खेले । १५० माथि खेल खेल्दा २३ गोल गरेका छन् । व्यावसायिक फुटबल बायर्न म्युनिख र इन्टर मिलानका लागि सर्वाधिक खेले । धेरै समय म्युनिखमै बिताए । खेल करिअरपछि प्रशिक्षकको रूपमा रहेका उनी हाल भने फुटबल पण्डितको रूपमा परिचित छन् । उनले जर्मनीका लागि युरोपियन च्याम्पियनसिप, सातपटक बुन्डेसलिगा, एकपटक सिरी ए, युइएएफए कप दुईपटक हात पारेका थिए । 

जाभी हर्नान्डेज (स्पेन)
स्पेनले विश्वकप तथा दुईपटक युरोपियन च्याम्पियनसिप उपाधि जित्दाका मुख्य खेलाडी जाभी हर्नान्डेज हुन् । उनी भर्खरै मात्रै पूर्वक्लब बार्सिलोनासँगको प्रशिक्षक सम्झौता तोडेका छन् । खेलाडीको रूपमा यी सधैँ उत्कृष्ट प्रदर्शन गर्न सफल रहे । उनी मैदानको वातावरणलाई बुझेर लगत्तै टोली तयार गर्न सक्ने खेलाडीको रूपमा परिचित छन् । जाभीमा जुनसुकै अवस्थामा पनि टोली तयार पार्न सक्ने अर्काे खुबी थियो । बार्सिलोना र स्पेनले टिकीटाका फुटबल प्रस्तुत गर्दा त्यसको रणनीतिकार नै उनलाई मानिन्थ्यो । क्लबबाट उनले नौ सयभन्दा माथि खेल खेल्दा एक सयभन्दा माथि गोल गरेका छन् । बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिग, आठपटक ला लिगा, दुईपटक क्लब विश्वकप र ३ पटक कोपा डेल रेको उपाधि जिताएका छन् ।

आन्द्रेस इनिइस्टा (स्पेन)
सन् २०१० को विश्वकप भन्नेबित्तिकै आन्द्रेस इनिइस्टाको नाम नआउने कुरै भएन । विश्व फुटबलले त्यसपछि मात्र मिडफिल्डर इनिइस्टालाई चर्चाको शिखरमा पुर्‍यायो । उनले ११६औँ मिनेटमा नेदरल्यान्ड्सविरुद्ध गरेको त्यो गोल विश्वमाझ निकै फेमस बन्यो । जुन गोलले स्पेन पहिलोपटक विश्वकपको उपाधि जित्न सफल भयो । बार्सिलोना तथा स्पेनका लिजेन्ड त्यो विश्वकपकै उत्कृष्ट खेलाडी चुनिए । प्लेमेकर इनिइस्टा बलबल नियन्त्रणमा राख्न र बलमा पकड राख्न माहिर छन् । ४० वर्षका उनी अझै व्यावसायिक फुटबल खेलिरहेका छन् । आफ्नो खेल करिअरको अधिकांश समय बार्सिलोनामा व्यतीत गरेका इनिइस्टाले आठ सयभन्दा माथि खेल खेलेका छन् । ९० भन्दा माथि गोल गरेका छन् । उनले स्पेनलाई एकपटक विश्वकप, दुईपटक युरोपियन च्याम्पियनसिप, बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिग, नौपटक ला लिगा, तीनपटक क्लब विश्वकप र ६ पटक कोपा डेल रेको उपाधि जिताएका छन् ।