Skip This
माओवादी बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा सुरु, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा सुरु, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:३९:oo

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले काठमाडौंमा सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरीसडाँडामा सुरु भएको बैठकले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धन र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ।

बागमतीमा सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि राजीनामा दिएर मार्गप्रशस्त गर्ने वा विश्वासको मत फेस गर्ने भन्ने कुरा बैठकको मुख्य एजेन्डा रहेको स्रोतले जनाएको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत फेस गर्ने कि नगर्ने पक्षमा द्विविधामा रहेको एक सांसदले बताए । प्रदेशको ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वासकाे मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखाएको ती सांसदको भनाइ छ । 

कांग्रेसबाहेक अन्य अवस्थामा भने मुख्यमन्त्री जम्कट्टेलले विश्वासको फेस गर्ने तयारी गरेको उनले दाबी गरे । यता मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले राजीनामा दिन रोकिएका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।