Skip This
महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारीसाधन चलाउन बन्देज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका महेन्द्रनगर
२o८१ असार २३ आइतबार o९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारीसाधन चलाउन बन्देज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:१७:oo

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल)मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपांग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए। आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६६० क्युसेक रहेको छ । 

‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ,’ उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदीतटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपत् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।