Skip This
धारिलो हतियार प्रहार गरी फरार एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार o९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रहार गरी फरार एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:२७:oo

महिलालाई धारिलो हतियार प्रहार गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी राजविराज घर भई हाल झापाको कमल गाउँपालिका– ६ मा डेरा गरी बस्ने ४१ वर्षीय रूपेश सदाले सोही ठाउँकी ३१ वर्षीय सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट सुमित्राको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनलाई घाइते बनाएर फरार सदालाई दमक प्रहरीले सप्तरीको विष्णुपुरबाट नियन्त्रणमा लिएको हो।  घटनास्थलबाट प्रहरीले एक थान छुरी, एक थान खुकुरी र एक थान रड बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।