Skip This
बाढीले बगाउँदा पाल्पामा महिलाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले बगाउँदा पाल्पामा महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o९:३३:oo

अविरल वर्षासँगै आएको बाढीले बगाएर पाल्पाको माथागढी गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका– ६, गोठादीकी ६८ वर्षीया  रिमासरा रानाको मृत्यु भएको हो। चिर्तुङखोलाले बगाएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको र खोजतलास गर्ने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीले उनको खोजतलास गरेका थिए । रानाको शव हिजो राति फेला परेको हो ।

त्यस्तै, चिसोले कठ्यांग्रिएर तानसेन नगरपालिका– ५, मा ४२ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर चिसोमै लडेका उनको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ