Skip This
सेलवेजका थप दुई शाखा सञ्चालनमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार o६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेलवेजका थप दुई शाखा सञ्चालनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:३६:oo

सेलवेज डिपार्टमेन्ट स्टोर्सले पोखरामा आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सेलवेजले पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटा र पोखरा– ५, पर्स्याङमा नयाँ शाखा स्थापनासँगै कारोबार सुरु गरेको हो । 

पोखरामा दुई नयाँ शाखा थप भएसँगै पोखरामा सेलवेजको शाखा सञ्जाल १० पुगेको छ भने देशका विभिन्न स्थानमा गरी कुल शाखा सञ्जाल ४० पुगेको सेलवेज–सेल्सबेरी प्रालि गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।

बिरौटादेखि छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरी बिरौटा शाखा र पर्स्याङ क्षेत्रलाई लक्ष्य गरेर नयाँ शाखा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । नयाँ शाखाबाट दैनिक आवश्यक पर्ने सम्पूर्ण खाद्य सामग्री, स्थानीय उपभोक्ता तथा लेकसाइडका क्षेत्रका होटेल तथा रेस्टुरेस्टलाई लक्षित गर्दै आवश्यक सामग्रीसँगै विद्युतीय सामानसमेत बिक्रीका लागि राखिएको गिरीले जानकारी दिए । 

नयाँ शाखामा सञ्चालनको अवसरका ग्राहकलाई विभिन्न छुटसँगै होम डेलिभरीको समेत व्यवस्था रहेको छ । दुई हजारभन्दा माथिको सामान खरिदमा एउटा कुपन पाइने र लक्की ड्रमार्फत बम्पर उपहारमा एमजीको इभी कार, प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभी, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौँमा राइसकुकर, छैटौँमा हटपट उपहार जित्न सकिने गिरीले जानकारी दिए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्नेछ ।