Skip This
हिमालयन लघुवित्तले गर्‍यो विविध कार्यक्रम 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार o७:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन लघुवित्तले गर्‍यो विविध कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o७:२९:oo

हिमालयन लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले आफ्नो स्थापनाको १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गरेको हो । 

संस्थाले विगतका वर्षझैँ यस वर्ष पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब आठ सय ४५ जना विपत् छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । 

त्यसैगरी, संस्थाले झापाको पाउ पाथीभरा मन्दिर तथा कपिलवस्तुको जगत्रदेवी मन्दिरपरिसरमा तिर्थालुका लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टबिन र र्‍याक सहयोग गरेको छ । संस्थाले देशभरका ७५ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यसको ९२ करोड रुपैयाँ बचत संकलन तथा करिब तीन अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको बताइएको छ ।