१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
जेनेभा
२o८१ असार २ आइतबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेन शान्ति शिखर सम्मेलनका लागि विश्व नेताहरू स्विट्जरल्यान्डमा

Read Time : < 1 मिनेट
जेनेभा
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १o:४७:oo

युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्यान्ड पुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा किभलाई प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेपछि शान्ति शिखर सम्मेलनका लागि विश्व नेता स्विट्जरल्यान्ड पुगेका हुन् ।

बर्गेनस्टक रिसोर्टमा हुने दुईदिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दा बढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ । तर, रसियाले भने भाग लिनेछैन । 

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलन ‘सबैलाई विचलित गर्ने चाल’ भन्दै प्रतिकार गरेका छन् ।

उनले किभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यता त्यागे ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताए ।   जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय अल्टिमेटमका रूपमा आलोचना गरेका छन् ।

 

ad
ad
ad
ad