Skip This
जंगली च्याउ खाँदा राक्सिराङमा एकको मृत्यु, चार बिरामी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ९ आइतबार
  • Wednesday, 12 August, 2026
२o८१ असार ९ आइतबार २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली च्याउ खाँदा राक्सिराङमा एकको मृत्यु, चार बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार २१:o३:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकजनाको मृत्यु भएको छ। अन्य चारजना बिरामी परेका छन्।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दुगुवाङका बलबहादुर प्रजा रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बलबहादुरले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाँदा उनीसहित परिवारका सबैजना बिरामी परेका थिए।

प्रहरी प्रमुख रिजालका अनुसार बिरामी पर्नेमा मृतक बलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र ८ वर्षीया सविना तथा १० वर्षका छोरा सुशल छन्। 

बिरामीहरूको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

घटनाको बारेमा जानकारी पाएपछि प्रहरी चौकी कान्द्राङ राक्सिराङको टोली घटनास्थलमा पुगेको थियो। यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।