मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोटेश्वरमा टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १८:५८:oo

काठमाडौंको कोटेश्वरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।

ललितपुर सानागाउँकी लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको बानेश्वर वृत्तले जनाएको छ। 

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटर पल्टिएको थियो। स्कुटरचालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

टिपरचालक सोमबहादुर तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताए।