१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार १७:५९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुशीला भुसालको उपन्यास ‘सुल्तान’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार १७:५९:oo

साहित्यकार सुशीला भुसालको ऐतिहासिक प्रेमकथामा आधारित उपन्यास ‘सुल्तान’को प्रज्ञाप्रतिष्ठानमा लोकार्पण गरिएको छ। 

एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रा.डा. पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमालेका नेता खिमलाल भट्टराई, प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे।

किताबमाथि समीक्षा गर्दै समीक्षक राजकुमार बानियाँले १५औँ शताब्दीको कथालाई सुन्दर रूपमा प्रस्तुत गरेको र विदेशको परिवेश र विषयवस्तु फरक भएकोले पढ्दा आनन्द आउने बताए।

प्राध्यापक दाहालले विदेशी कथामा लेखिएको उपन्यास भए पनि पढ्दा मन रोमाञ्चित भएको उल्लेख गर्दै राजपरिवारका यौनको विषयलाई शिष्ट भाषामा प्रस्तुत गरिएको उपन्यास अब्बल रहेको चर्चा गरे।

प्रमुख अतिथि पौडेलले विषय जहाँको जहिलेको होस्, पढ्दा सकारात्मक र ज्ञानबर्द्धक हुनुपर्ने धारणा राखे।

विनोद मञ्जनले सञ्चालन गरेको कार्यक्रममा खिमलाल भट्टराईले पनि शुभकामना व्यक्त गरेका थिए। उपन्यासकार मीनराज वसन्तले भाषा सम्पादन गरेको पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। पुस्तकको मूल्य पाँच सय ७५ रुपैयाँ रहेको छ।