काठमाडौं/ अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ।
लेखकद्वयले शनिबार कोलोराडोमा एक पोडकास्टमार्फत कृतिको विमोचन गरेका हुन्। अमेरिकाको व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै लेखक आफैँले आ–आफ्नो कृतिको विमोचन गरेका हुन्।
लेखक राईको ‘फर्कनुछ देश’मा नयाँ पुराना ३३ वटा कविता संग्रहित छन्। सोलुखुम्बुको सोताङमा जन्मेर दुई दशकदेखि अमेरिकामा रहेका उनले यसअघि थुप्रै गीत बजारमा ल्याइसकेका छन्।
त्यस्तै, गीतकार बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’मा रेकर्ड भएका र नभएका ५६ वटा गीत समावेश छन्। बस्नेतका अधिकांश गीतहरू दीप श्रेष्ठ, आनन्द कार्की, कर्णदास, नरेन्द्र प्यासी, मनिला सोताङ, स्वरूपराज आचार्य, अन्जु पन्त, शिव परियार, हेमन्त शर्मा, धर्वेन्द्र सेवान, रेजिना रिमाल, मेलिना राई, बबिना किराँती, रामकुमार नेपाली, सुरक्षा सेन्चुरी, तारा सिरिसलगायतका कलाकारले गाइसकेका छन्।
गीतकार बस्नेतले छिट्टै नेपाल आउने र पुनः कृति विमोचन गर्ने बताएका छन्।