१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अभिकले जिते ‘एसइई कप चेस’को उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार १८:o६:oo

हिमालयन चेस एकेडेमीले आयोजना गरेको ‘गोल्डेनगेट एसइई कप २०२४ र्‍यापिड चेस प्रतियोगिता’को उपाधि अभिक शाहले जितेका छन्। 

उनले स्विस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन्।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए। तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले गोल्डेनगेट एसइई कप २०२४ को उपाधि कब्जा गरेका हुन्। 

अभिक र पुरुषोत्तबीच पाँचौँ चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो। त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए।

विभूषित कायस्थ पाँच अंक जोड्दै तेस्रो स्थानमा रहे। रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान पाँच अंक बनाएका थिए। तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन्।

गोल्डेनगेट इन्टरनेसनल कलज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा तीन अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशुदिल प्रजापतिले गल्र्सतर्फ पहिलो स्थान हात पारिन्। 

कृषला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए। दुवैले समान दुई अंक बटुलेका थिए। टाइब्रेकरको आधारमा कृषला दोस्रो भएकी हुन्।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनै पनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रोलाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन्। 

त्यस्तै, सहभागी सबै खेलाडीलाई एकतिहाइ (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ।

एसइई परीक्षा दिएका ४१ खेलाडी सहभागी प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे। 

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैलसुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए।