पिचप्रति सिकन्दरको असन्तुष्टि

सोमबार, ३० कार्तिक, २०८३
प्रिन्ट संस्करण

चितवन राइनोजका कप्तान सिकन्दर राजाले त्रिवि क्रिकेट मैदानको पिचप्रति सन्तुष्टि पोखेका छन् । कर्णाली याक्ससँग २४ रनले पराजित भएपछि सिकन्दरले त्रिविमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउन थप सुधार हुनुपर्ने औँल्याएका हुन् ।

‘यहाँको पिच निकै खराब छ,’ पोस्टम्याचमा उनले भने, ‘विश्वका ठुला राष्ट्रसँग खेल्न यहाँको पिच सुधार गर्नुपर्छ ।’ पछिल्लो समयमा बलरभन्दा पनि ब्याटिङ पिच बनिरहेको प्रसंग औँल्याएका छन् । ब्याटिङ पिचमा दर्शक खेल हेर्न आउने र बलिङ पिचमा समर्थक निराश हुने गरेको सिकन्दरको भनाइ छ । ‘विश्वका हरेक क्रिकेटका पिच राम्रा छन्, त्यहाँ ब्याटिङलाई महत्व दिइएको छ,’ उनले भने, ‘जति धेरै मैदानमा रोमाञ्चकता बढ्छ तब मात्र क्रिकेटको स्तर माथि उठछ ।’

उनले चौथो सिजनको एनपिएलमा पिच राम्रो हुने आशा गरेका छन् । ‘राम्रो पिच हुँदा बलरलाई बलिङ गर्न र ब्याट्सम्यानलाई पनि सहज हुन्छ,’ उनी भन्छन्, ‘यसले बलर र ब्याट्सम्यानको आत्मविश्वास बढ्छ ।’ फ्रेन्चाइज क्रिकेट लिग र देशको क्रिकेटलाई नयाँ उचाइमा लैजान राम्रो पिच बनाउनुको विकल्प नरहेको उनको भनाइ छ । 

सुझावित समाचार