१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३० बुधबार
  • Saturday, 28 September, 2024
२o८१ जेठ ३० बुधबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल जेनेभामा, आजै स्विस महासंघका राष्ट्रपतिसँग द्विपक्षीय वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३० बुधबार १२:३७:oo

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा आइपुगेका छन्। राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका छन्। 

उनले ३१ जेठमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतकाे ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
 
३१ जेठमा नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
 
त्यसैगरी राष्ट्रपति पौडेलले आजै स्विस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्।स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल १ असारमा जेनेभाबाट रोयल डच एयरलाइन्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्। 

राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरकाे निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ। उनले ३ असारमा जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन्। 

जर्मनीमा राष्ट्रपति पौडेलले पोस्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनबर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ। 

साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ। 

त्यसैगरी असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ भने सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। 

त्यसैगरी, ३ असारमै जर्मनी ट्रेड एन्ड इन्भेस्ट आबद्ध उद्योगी–व्यापारीहरूलाई भेट दिने कार्यक्रम छ। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी ५ असारमा स्वदेश फर्किनेछन्।