
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।